चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ:अर्थमन्त्री शर्मा

चालु आर्थिक वर्षमा ८८ प्रतिशत मात्रै बजेट खर्च हुन्छ:अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  

सरकारले चालु आर्थिक वर्षको बजेट दोस्रो पटक संशोधन गरेको छ ।

चालु आर्थिक वर्षमा  १४ खर्ब ४७ अर्ब ६१ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए । 

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले कुल विनियोजित बजेटको ८८.६ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताएका हुन् ।  

जसमध्ये  चालु खर्चतर्फ ९ खर्ब ७१ अर्ब  ८६ करोड अथात् ९१.२ प्रतिशत, पूँजीगत खर्चतर्फ ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात्  ९२.७ प्रतिशत खर्च हुने नले बताए ।    

उक्त  व्ययको लागि  राजश्व ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान रहेको उनले बताए । वैदेशिक सहायताबाट अनुदान २४ अर्ब १ करोड, ऋण १ खर्ब ७२ अर्ब ८ करोड स्रोत व्यवस्थापन हुने संशोधित अनुमान रहेको उनले बताए । 

यस्तै, वैशाख मसान्तसमम १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठेको र २ खर्ब ३१ अर्ब  ३० करोड परिचालन हुने अवस्था रहेको उनले बताए ।