तीन महिनामा निर्जीवन लघुबीमाको व्यवसाय १८ करोड रुपैयाँमाथि

तीन महिनामा निर्जीवन लघुबीमाको व्यवसाय १८ करोड रुपैयाँमाथि



काठमाडौ– निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१र०८२ को तीन महिनाको अवधीमा कुल १८ करोड ५६ लाख रुपौयाँको बीमा ब्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म ४ वटा निर्जीवन लघु बीमकले ६९ हजार ७९० वटा बीमालेख जारी गरेर बीमाशुल्क आर्जन गरेका हुन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले २० हजार ७८० वटा बीमालेख जारी गर्दै ५ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

साथै, चालु आर्थिक वर्षको असोज महिना सम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ४ करोड ६१ लाख रुपैयाँ १५ हजार ५४६ वटा बीमालेख जारी गरि कुल बीमाशुल्क आर्जन गरेको हो ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले १४ हजार ८७४ वटा बीमालेख जारी गर्दै ४ करोड २६ लाख ५५ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स १८ हजार ५९० वटा बीमालेख जारी गर्दै ४ करोड १८ लाख ५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।