अजोड इन्स्योरेन्सको सिइओमा पुनः कुमार बहादुर खत्री नियुक्त

अजोड इन्स्योरेन्सको सिइओमा पुनः कुमार बहादुर खत्री नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स लिमिटडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कुमार बहादुर खत्री पुनः नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको १०४ औं बैठकले उनलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

खत्रीलाई दोस्रो कार्यकाल थप गरी स्वीकृतिको लागि बीमा समितिमा जेठ ९ गते कम्पनीले पत्र पठाएको थियो ।

कम्पनीको पत्र अनुसार समितिले खत्रीलाई दोस्रो कार्यकालको लागि सिइओ नियुक्त गर्ने स्वीकृति प्रदान गरेको छ ।