पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ११ अर्ब ३८ करोड

पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको व्यापार ११ अर्ब ३८ करोड




काठमाडौं– निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरी कुल ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा ११ अर्ब ३८ करोड बढी कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले कुल ६ लाख ६८ हजार १४० वटा बीमालेख जारी गरी कुल ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ९० करोड ९लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले ८९ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ८३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी, एनएलजीले ७५ करोड, युनाइटेड अजोडले ६८ करोड, नेपाल इन्स्योरेन्सले ६१ करोड, सानिमा जिआईसीले ५८ करोड, राष्ट्रिय बीमा कम्पनीले ५७ करोड, प्रभु इन्स्योरेन्सले ४७ करोड र नेशनल इन्स्योरेन्सले ४१ करोडको ब्यवसाय गरेको हो ।