काठमाडौ– नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताहरुको परीक्षा कात्तिक १४ गते अर्थात बुधबार सञ्चालन गर्ने भएको छ । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । सो परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम लुम्बिनी प्रदेशले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो ।
साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया