काठमाडौ– चालु आर्थिक वर्षको तीन महिनामा जीवन लघुबीमा कम्पनीहरुले २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले ४ लाख ३० हजार ४५० वटा बीमालेख जारी गर्दै २२ करोड १३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । अयो कम्पनीले २ लाख ९९ हजार ४५७ वटा बीमालेख जारी गरेर ८ करोड ८१ लाख ४६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनी असोजसम्म ८५ हजार ८३६ वटा बीमालेख जारी गर्दै ७ करोड ९७ लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी लिबर्टी माइक्रो लाइफले ४५ हजार १५७ वटा बीमालेख जारी गरेर ५ करोड ४४ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्रतिक्रिया