बैंकिङ्ग समाचार, काठमाडौं ।
रिभर फल्स पावरले निष्काशन गरेको आआइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आइपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जसमध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका छन् ।
आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएकामध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।
कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।
कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ ।
प्रतिक्रिया