अपर हेवाखोलाको आईपीओ भोलिदेखि, एक लाख कित्तासम्म भर्न पाइने

अपर हेवाखोलाको आईपीओ भोलिदेखि, एक लाख कित्तासम्म भर्न पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनीले संखुवासभाका आयोजना प्रभावित बासिन्दाहरुका लागि जेठ १० गते मंगलबारदेखि आइपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले स्थानीयलाई ५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त आईपीओका लागि जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आवेदन दिन पाइने छ । 

आयोजना प्रभावितहरुलाई निष्काशन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई थप गरी निष्काशन गरिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बैशाख २२ गते आईपीओ निष्काशनको अनुमति दिएको हो । आयोजना प्रभावित र सर्बसाधारणका लागि कूल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । 

बिक्री प्रबन्धकका अनुसार ५ लाख कित्ता शेयर आयोजना प्रभावित र १५ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने छ । 

कम्पनीले संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका स्थित हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।