घटेर बन्द भयो शेयर बजार, १८ अंकले घटेको बजारमा ५ अर्बको कारोबार

घटेर बन्द भयो शेयर बजार, १८ अंकले घटेको बजारमा ५ अर्बको कारोबार


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशलमव २५ अंकले घटेर २,६२७ को विन्दुमा कायम भएको छ ।

आज ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।