पहिलो पटक शुक्रवार कारोबार भएको नेप्सेमा आज १५.८२ अंकको गिरावट, अर्ब पनि पुगेन कारोबार रकम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पहिलो पटक शुक्रबार खुलेको शेयर बजारमा खासै उत्साह देखिएन । सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै आज पहिलो पटक शुक्रबार शेयर कारोबार भएको थियो । तर, सुरुवाती दिनमा नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । 

आज नेप्से १५.८२ अंकले घटेर २ हजार २ सय ३५ दशमलव ०९ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २३.५१ अंकले घटेर २ हजार २ सय ५० दशमलव ९१ विन्दुमा बन्द भएको थियो ।     

त्यस्तै, आज कारोबार रकममा पनि उच्च गिरावट आएको छ । आज ९३ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार एक अर्ब ३० करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।     

आज कारोबार भएका ४१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । त्यस्तै, आज तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ४.९४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेलीको भएको छ । यस कम्पनीको आज ३ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।