मिड सोलु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मिड सोलु हाईड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले साधारण शेयरको सार्वजनिक निष्कासन गर्न विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ । बिहीवार काठमडौंमा आयोजित एक कार्यक्रममा दुवै पक्षबीच आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

९ दशमलव ५ मेगावाटको मिड सोलु हाईड्रोपावरलाई आईपीओ जारी गर्ने चरणमा पुर्‍याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्कासन तथा विक्री प्रवन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । 

एनआईसी एशिया क्यापिटलले आईडिया टु आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।

क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्त्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशिघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाइरहेको सूचनामार्फत जानकारी दिएको छ ।