दोहोरो अंकले घटेकाे बजारमा ६ अर्बकाे काराेबार

दोहोरो अंकले घटेकाे बजारमा ६ अर्बकाे काराेबार


काठमाडौं – साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार घटेको छ । मंगलबार २५.८८ अंकले बढेको बजार आज २० दशमलव अंकले घटेको हो ।

आज शेयर बजारमा मापक परिसूचक (नेप्से) २०.४१ घटेर २६ सय ४५ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज दिनभरमा १ करोड ५७ लाख ४२ हजार १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  बुधबार ७६ वटा कम्पनीको शेयरमूल्य बढ्दा हुँदा १५५ वटाको शेयरमूल्य घटेको छ ।