प्रभु महालक्ष्मी लाइफको १ लाख ६२ हजार शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १ लाख ६२ हजार शेयर बिक्रीमा



काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ६२ हजार ९५० कित्ता शेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ ।

खरीदकर्ताले प्रतिकत्ता न्यूनतम मूल्य १८० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

आवेदन आज कात्तिक ७ देखि ९ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ । यो अवधिभित्र प्राप्त आवेदनहरू कात्तिक ११ गते बिहान ११ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी–काठमाडौंमा खालिने कम्पनीले जनाएको छ ।