दुई दिन घटेपछि आज २५ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो

दुई दिन घटेपछि आज २५ अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो


काठमाडौं – आइतबार र सोमबार घटेको शेयर बजार मंगलबार भने बढेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंक २५.८८ बढेर २६ सय ६५ दशमलव ८१ को बिन्दुमा रोकिएको छ ।

आज शेयर बजार मापक परिसुचक नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । हिजो ५७ अंकले घटेको बजारमा ८ अर्ब माथिको कारोबार भएको थियो भने आज ४ अर्ब १७ करोडको कारोबार भएको छ । आज १९९ कम्पनीको शेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

हिजो यस कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका थिए । आज बैंकिङ्ग समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.२५ प्रतिशत, फाइनान्स समूहको ३.०३ प्रतिशत बढेको छ ।