दोस्रो दिनपनि घट्यो शेयर बजार, ५७ अंकले घटेकाे बजारमा ५ अर्ब ९० करोडको कारोबार

दोस्रो दिनपनि घट्यो शेयर बजार, ५७ अंकले घटेकाे बजारमा ५ अर्ब ९० करोडको कारोबार


काठमाडौं – साताको पहिलो कारोबारको दिन घटेको शेयर बजारले दोस्रो कारोबारको दिनपनि ओरालो यात्रा तय गरेको छ । हिजो आइतबार ४६ अंकले घटेको बजार आज ५७ अंकले घटेको छ ।

आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७ दशमलव ९९ अंकले घट्दै २६ सय ३९ दशमललव ९२ को बिन्दुमा रोकिएको छ ।

हिजोको तुलनामा आज बजार थप अंकले घटेसँगै कारोबार रकमपनि खुम्चिएको छ । हिजाे ८ अर्ब १८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज काराेबार रकम ५ अर्ब ९० करोड ७ लाख रुपैयाँमा खुम्चिएको छ ।

आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ । आज २२१ कम्पनी घाटामा जाँदा २३ कम्पनीको नाफा बढेको छ ।

आज बैंकिङ्ग समूहको २.३० प्रतिशत, विकास बैंक समूहको १.७८ प्रतिशत, फाइनान्स समूहको ३.३८ प्रतिशत, जीवन बीमा समूहको २.१५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीकाे २२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् ।