एफपिओ निष्काशन गर्दै समता घरेलु लघुवित्त

एफपिओ निष्काशन गर्दै समता घरेलु लघुवित्त


काठमाडौं – समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले साबिकको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात ६९.४८ प्रतिशत संस्थापकको र ३०.५२ सर्वसाधारणको कायम गर्न नपुगेको शेयरका लागि एफपीओ जारी गर्न लागेको हो ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४.२५ कित्ता साधारण शेयर सर्वसाधारणमा थप निष्काशन गर्न लागेकाे हो ।

आवेदन कात्तिक १२ गतेदेखि दिन २० गतेसम्म दिन सकिनेछ । २० गतेसम्म पर्याप्त आवेदन नपरेमा कात्तिक २६ गतेसम्म आवेदन खुला गरिने कम्पनीले बताएको छ ।

शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइन मार्फत आवेदन दिन सकिनेछ ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।