प्रि ओपनमा १२ अंक घट्यो नेप्से, यो साता के होला ?

प्रि ओपनमा १२ अंक घट्यो नेप्से, यो साता के होला ?


काठमाडौं – आज आइतबारको प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । दसैंयता कारोबार भएका ३ कारोबार दिनमा लगातार बढेको नेप्से परिसूचक यो साता पनि बढ्ने अपेक्षा गरिएको छ । तर, आजको प्रि ओपन सेसनमा भने परिसूचक घटेको हो ।

परिसूचक १२ अंकले घटेर २७ सय ३३ अंकमा आइपुगेको छ । यो ०.४३ प्रतिशतको गिरावट हो । यसक्रममा आज १६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।

प्रि ओपनमा परिसूचक घटेपनि कारोबार भने उच्च भएको छ । ६३ लाख ७० हजार रुपैयाँको कारोबार हुँदा १७ हजार कित्ताभन्दा बढी शेयर किनबेच भएको छ । प्रि ओपनमा हिमालयन डिस्टिलरीको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।