रिभर फल्स पावरको आईपीओमा साढे ६ गुुणा बढी आवेदन

रिभर फल्स पावरको आईपीओमा साढे ६ गुुणा बढी आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

रिभर फल्स पावर लिमिटेडको आईपीओमा ६ गुुणा बढी आवेदन परेको छ ।बैशाख २८ गतेबाट निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेश्रो दिन विहान १०ः३० बजे सम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन विहान १० बजेसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १ सय ४० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो आईपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
यो आईपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा २०७९ जेष्ठ ०४ गते बुधबार अपरान्ह ५ः३० बजेसम्म रहेको छ ।