दसैंपछि शेयर बजारमा उछाल, यो साता नेप्से ४५ अंकले बढ्दा १५ अर्बकाे काराेबार

दसैंपछि शेयर बजारमा उछाल, यो साता नेप्से ४५ अंकले बढ्दा १५ अर्बकाे काराेबार


काठमाडौं – साताको ३ दिन कारोबार भएको शेयर बजारमा उत्साहपूर्ण वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार र सोमबार दसैं बिदा रहेकाले मंगलबारबाट मात्र कारोबार सुरु भयो । यो साता  दसै पछाडि अर्थात् मंगलबारबाट खुलेको शेयर बजारमा उत्साहपूर्ण वृद्धि देखियो ।

गत साताको बुधबार दसैंको स्वागतमा बढेर बन्द भएको बजार दसैं  पछाडि पनि बढिरह्यो । गत साताको बुधबार २६ सय ६८ अंकमा रोकिएको बजार यो साताको अन्तिम कारोबारको दिन बिहीबार २७ सय ४५ को अंकमा रोकिएको छ । 

गत साताको बुधबार दसैंको स्वागतमा बढेर बन्द भएको बजार दसैं  पछाडि पनि बढिरह्यो । गत साताको बुधबार २६ सय ६८ अंकमा रोकिएको बजार यो साताको अन्तिम कारोबारको दिन बिहीबार २७ सय ४५ को अंकमा रोकिएको छ । 

यो साता तीन दिन कारोबार हुँदा शेयर बजार मापक परिसूचक (नेप्से)  मंगलबार  ३१. ४८ अंकले, बुधबार ४३ अंकले बढ्यो । दुई दिन दोहोरो अंकले बढेको बजारमा बिहीबार भने सामान्य करेक्सन देखियो त्यस दिन नेप्से  २।४७ अंकले बढेको थियो । तीन दिन खुलेको बजारमा १५ अर्ब ९१ करोडको कारोबार भएको छ । 

कुन दिन कति कारोबार ?

मंगलबार – ३ अर्ब ६ करोड  रुपैयाँ
बुधबार –  ५ अर्ब ६६ करोड २ लाख रुपैयाँ
बिहीबार – ७ अर्ब १९ करोड रुपैयाँ