आरएसडीसीले घोषणा गर्यो लाभांश

आरएसडीसीले घोषणा गर्यो लाभांश


काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई साढे १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

हाल कायम चुक्ता पूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँको ९.५० प्रतिशतले हुन आउने बोनश सेयरको घोषणा गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने कम्पनीको घोषणा छ । बोनस शेयर र नगद लाभांश गरी कूल ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

लघुवित्तको यो प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि र राष्ट्र बेंकबाट स्वीकृत भएपछि लागू हुनेछ ।