काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । दसैं बिदापछि मंगलबारबाट खुलेको बजार निरन्तर बढिरहेकाे छ । दुईदिनसम्म दोहोरो अंकले बढेको बजार आज सामान्य अंकले बढेको हो ।
आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४७ अंकले बढेर २७ सय ४५ दशमलव ३६ को विन्दुमा रोकिएको छ । आज दिनभर १ कराेड ८८ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
बजारमा आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको घटेको छ। यो दिन १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
आज नेप्से उपसमूहका १३ वटा समूहमध्ये ७ वटा बढेका छन् ६ वटा घटेका छन्। आज म्युचुअल फन्ड समूह सर्वाधिक १.४ प्रतिशतले बढेको छ।
आज गुडविल फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाए। यो कम्पनीको शेयरभाउ करिब ८ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै कुमारी बैंकको काराेबार भएको छ। बैंकको ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको हाे ।
प्रतिक्रिया