बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपि पावर कम्पनी लिमिटेडले रू. १७ करोड ३८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३७ दशमलव ७२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. १२ करोड ६२ लाखभन्दा बढी थियो ।
यस वर्ष विद्युत् विक्री आम्दानी गत वर्षभन्दा ५१ प्रतिशत बढी भएकाले कम्पनीको खुद नाफा बढ्नमा सहयोग मिलेको हो । गत वर्ष रू. २८ करोड ८१ लाखभन्दा बढीको विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष रू. ४३ करोड ५० लाखभन्दा बढीको विद्युत् विक्री गरेको हो ।
कम्पनीको खर्च रकम गत वर्षभन्दा ३ दशमलव ६३ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ९६ लाखभन्दा बढी खर्च गरेको हो ।
हकप्रद शेयर र बोनस शेयर मार्फत चुक्तापूँजी वृद्धि गरी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम रू. २३ करोड ६१ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीको दीर्घकालिन कर्जा तथा सापटी रकम गत वर्षभन्दा ८८ दशमलव ८२ प्रतिशत बढी रू. ३ अर्ब ९६ करोड १४ लाखभन्दा बढी पुगेको छ । वार्षिक प्रतिशेयर आम्दाी रू. ८ दशमलव ४० रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ५४ रहेको छ । यस अवधिसम्म कम्पनीको मूल्य आम्दानी अनुपात ३६ दशमलव ९५ गुणा छ ।
प्रतिक्रिया