समता घरेलु लघुवित्तले पायो एफपीओ निष्कासनको अनुमति



काठमाडौं –समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निकाष्सन एफपीओको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड सेबोनले समता घरेलु लघुवित्तलाई एफपीओ अनुमति दिएको हो।

धितोपत्र बोर्डको अनुमतिसँगै अब समता घरेलु लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको एफपीओ निष्कासन गर्नेछ। संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयरको थप सार्वजनिक निष्कासन गर्नेछ।