लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै घट्यो

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३०.६५ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १३ करोड ७७ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने पनि १.९९ प्रतिशतले घटेर ५१ करोड ६६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५२ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ७१ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १९ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ७७ करोड १७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ६५.७० गुणा बढी रहेको छ ।