यूनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्तावबिना आव्हान गर्‍यो साधारण सभा

यूनाइटेड इन्स्योरेन्सले लाभांश प्रस्तावबिना आव्हान गर्‍यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले जेठ २३ गते २८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा विहान ११ बजे सभा आव्हान गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । पूँजी बृद्धिका लागि बीमा समितिले जोड दिईरहदा कम्पनीले मर्जर तथा प्राप्ती प्रकृयाबाट पूँजी बृद्धि गर्ने योजना बनाएको देखिन्छ ।

कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविश्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने उल्लेख गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ । उल्लेखित प्रस्तावसँगै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना र सर्वसाधारण शेयरधनीहरूको तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।