सिवाइसी नेपालको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीको आइपीओ व्यवस्थापनको लागि आरविवि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।

कम्पनीको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जनाएको छ ।