काठमाडौं – नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ४१ जनाको नाम सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले उनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीन पुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै, ऋणीलाई कर्जा सूचना केन्द्रको खराब सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।




About Us
प्रतिक्रिया