लिबर्टी इनर्जीले पायो ५०% हकप्रद शेयर बिक्री गर्ने अनुमति



काठमाडौं – लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो। हकप्रद शेयर बिक्रीबाट कम्पनीले ७५ करोड रुपैयाँ संकलन गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब लिबर्टी इनर्जीले चुक्तापुँजीको १ः०।५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।