बैंकिङ्ग समाचार, काठमाडौं ।
सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ विक्री स्विकृती पाउनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीका लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले आइपीओ विक्री स्विकृतीका लागि बोर्डमा बैशाख २२ गते निवेदन पेश गरेको हो । लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल छ ।
प्रतिक्रिया