बैंकिङ्ग समाचार, काठमाडौं ।
अब चाँडै चन्द्रागिरी केबलकारको जस्तै अर्को नयाँ आइपिओ निष्कासन हुने भएको छ । कालिन्चोक दर्शन लिमिटेडले संचालन गरिरहेको कालिन्चोक केबलकारको कुल करिब ९२ करोड रुपैँया बराबरको आइपिओ निष्कासन हुदैछ ।
सो मध्ये कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १०० रुपैँया अंकित १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रसहित साधारण सेयर निष्कासन गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा कालिन्चोक दर्शन लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले गत माघ १३ गते हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया