ङादी ग्रुप पावर र बरुण हाइड्रोलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको अनुमति

ङादी ग्रुप पावर र बरुण हाइड्रोलाई हकप्रद निष्कासन गर्न विद्युत नियमन आयोगको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
विद्युत नियमन आयोगले ङादी ग्रुप पावर कम्पनी लिमिटेड र बरूण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेको छ । हकप्रद जारी गर्न अनुमति पाएको उक्त जानकारी दुबै कम्पनीले नेप्से मार्फत दिएका छन् ।

दुई हाइड्रोपावरहरूलाई बैशाख २६ गते सोमबार हकप्रद निष्काशनका लागि अनुमति पाएको जानकारी प्राप्त भएको जानकारी दिएका हुन् । आयोगको २०७९ बैशाख १९ को १५६ औं बैठकले ङादी ग्रुप पावर र बरूण हाइड्रोपावरलाई हकप्रद बिक्रीको अनुमति दिने निर्णय गरेको हो ।

आयोगले ङादी ग्रुप पावर कम्पनी लिमिटेडलाई चुक्ता पूँजीको १५० प्रतिशत र बरूण हाइड्रोपावर कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडको चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । सो पूँजीको एक बराबर १.५ कित्ता (१५० प्रतिशत) सेयर अनुपातमा १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति पाएको हो ।

ङादी ग्रुप पावर लिमिटेडले सिउरी न्यादी पावर लि।को लागि मिति २०७८ कार्तिक ११ मा हकप्रद सेयर निश्काशनको स्वीकृतिका लागि आयोगमा निवेदन पेश गरेको थियो ।

आयोग बैठकमा छलफल हुँदा विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ५ बमोजिम हुने गरि डादी ग्रुप पावर लिमिटेडलाई सिउरी न्यादी पावर लिमिटेडलाइ हकप्रद निष्काशनको अनुमति दिने निर्णय भएको हो ।

कम्पनीको कुल अधिकृत जारी पूँजी २ अर्ब १० करोडको ५१ प्रतिशत हिस्सा बराबरको १ अर्ब ७ करोड १० लाख सेयर लगानी गर्न ङादी ग्रुप पावर लिमिटेडको कुल चुक्ता पूँजी ७० करोड ६९ हजार ३२ हजार ४०० रुपैयाँको १.१.५ को अनुपातमा हुने १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर निश्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ बराबर २ को अनुपात (२०० प्रतिशत) मा हकप्रद निष्कासन गर्न अनुमति मागेको थियो । तर आयोगको बैठकले चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद मात्र हकप्रद निष्कासन गर्न अनुमति पाएको हो ।

यसैगरी बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको १ः१ को अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद निष्कासन गर्न अनुमति पाएको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड २०७८ चैत १६ गते १ बराबर १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासनको पूर्व स्वीकृतिका लागि पेश गरेको थियो । उक्त निवेदन सम्बन्धमा आयोग बैठकमा छलफल हुँदा विद्युत सम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ७ बमोजिम हुने गरि बरुण हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिने निर्णय भएको हो ।

आयोगको बैठकले कम्पनीलाई कूल चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५०० बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्न आयोगले अनुमति दिएको हो ।