एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १२५ प्रतिशत बढ्यो

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा १२५ प्रतिशत बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नाफा १२५.८८ प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ८८ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी ५ प्रतिशत बढेर १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । यस्तै रिटेन्ड अर्निङ्ग ३६४.९७ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा रिटेन्ड अर्निङ्गमा ८ करोड ८२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २.२७ रुपैयाँ बढेर ४.२४ रुपैयाँ पुगेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.१८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४६.३० गुणा छ ।

चैत मसान्तसम्ममा कम्पनीको वित्तीय आम्दानी २५.४३ प्रतिशत बढेर ३ करोड ६८ लाख ८५ हजार रुपैयाँ पुगेको छ । कुल आम्दानी २८.५४ प्रतिशत बढेर ३ करोड ८१ लाख ८५ हजार रुपैयाँ र सञ्चालन मुनाफा २२.५१ प्रतिशत बढेर ३ करोड २१ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।