बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले जेठदेखि आइतबार पनि सार्वजनिक विदा दिने भएपछि आइतबार सेयर बजार बन्द रहने भएको हो । आइतबार सेयर बजार बन्द हुने भएपछि जेठबाट नै शुक्रबार पनि सेयर कारोबार खुला गरिने भएको छ ।
पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिएको छ ।
शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए ।
सरकारले इन्धन खपत घटाउन जेठदेखि परीक्षण स्वरुप शनिबारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि धितोपत्र बजार कति दिन संचालन हुने भन्ने अन्योलता रहेको थियो ।
बोर्डको निर्देशनपछि जेठबाट पनि शेयर बजार सातामा पाँच दिन खुला रहनेछ । अहिले शुक्रबार र शनिबारबाहेक सातामा पाँच दिन सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया