बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन् । दुबै संस्थाका मर्जर उपसमितिले गरेको सिफारिस अनुसार समझादारिपत्रमा हस्ताक्षर गरेका छन् ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्बबाट बढाएर दुई अर्ब पचास करोड पुर्याई दिएपछि हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरको बाटो तय गरेका हुन् । यो सम्झौता संगै बीमा क्षेत्रमा केहि तरंग ल्याएको छ । हकप्रद शेयर नै जारी गर्न लागिपरेका कम्पनीका संचालकहरु प्रेसरमा पर्ने छन् ।
बीमा क्षेत्रमा मर्जरको लागि गरिएको यो समझदारी दोस्रो हो । यस अगाडी नेको र प्रिमियर इन्स्योरेन्सले पनि मर्जरको सहमति गरेर केहि महिना पछि मर्जर तोडेका थिए ।
दुबै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्याँकन (डीडीए) सकिएपछि सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) तय हुने कम्पनीले जनाएको छ । हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १:१ स्वाप रेसियोमा दुई कम्पनी गभिएमा एकीकृत कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
मर्जर पछि कायम हुने चुक्ता पुँजीमा आ.व. २०७८/७९ को बोनस सेयर वितरण पछि नियामकले तोकेको पूँजी पुर्याउन कम्पनी सफल हुनेछ ।
प्रतिक्रिया