बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहान १०:३० बजे टाइगर प्यालेस रिर्सोट रुपन्देहीमा गर्ने जानकारी दिएको छ ।
सभाले कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबिच एक आपसमा मर्ज हुने, प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पानि पारित गर्नेछ ।
त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा शुक्रवार बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया