बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख ८२ हजार २५४ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया