बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरीमा बुधवार सम्पन्न भएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ र त्यसैगरी सभाले निर्जीवन बीमा ब्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सञ्चालक समितिलाई दिएको सम्पूर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको हो ।
त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख १२ गते बन्द गरेको थियो । यस आधारमा वैशाख ११ गते सम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।
प्रतिक्रिया