काठमाडौ– नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले विशेष साधारण सभा कात्तिक ७ गते, अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा आयोजना हुने भएको छ । सभा अपरान्ह ३ बजे सुरु हुनेछ ।
कम्पनीले निष्काशन गर्न लागेको शत प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो ।
सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्ने भएको छ ।
विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुमात्र विशेष साधारण सभामा सहभागि हुन पाउनेछन् ।






About Us
प्रतिक्रिया