एकैदिन १२ अर्ब रुपैयाँले बढ्यो बैंकिङ्ग प्रणालीको निक्षेप, कर्जा प्रवाहमा झिनो सुधार 


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा भारी रकमको वृद्धि देखिएको छ ।  नेपाल राष्ट्र बैंकको असोज १३ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ६४ अर्ब निक्षेप संकलन भएको छ । असोज १२ गते ६५ खर्ब ५२ अर्ब संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एक दिनमा १२ अर्बको वृद्धि देखिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि ११ अर्बको वृद्धि देखिएको छ । असोज १२ गते ५८ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १३ गते ५८ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका छन् । सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको  । असोज १२  गते ५२ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १३ गते गते ५२ खर्ब ४४ खर्ब कर्जा प्रवाह गरेका छन् । 

त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि स्थिर रहेको छ । शनिबारसम्म ४६ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले आइतबार ४६ खर्ब ४३ बराबरको कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५१  प्रतिशत कायम भएको देखाएको छ ।