काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँ पुगेको छ।
प्रतिक्रिया