सूर्या लाइफले ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ मा पायो तीन बिधामा अवार्ड

सूर्या लाइफले ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड’ मा पायो तीन बिधामा अवार्ड


बैंकिङ्ग समाचार, काठमाडौं ।
इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मानित भएको छ । 

‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन नेपाल इन्स्योरेन्स इन्डस्ट्री’ र ‘आउटस्ट्यान्डिङ पर्फमेन्स इन लाइफ इन्स्योरेन्स इन्डस्ट्री अफ नेपाल’ अवार्ड हासिल गर्न सफल भएको छ । 

विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्लूसी, इण्डियन इन्स्टिच्यूट अफ इन्स्योरेन्स लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्याङ्कन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त अवार्ड प्रदान गरिएको हो । 

बिमस्टेक मुलुकहरुबाट प्यानलिष्ट भई नेपालबाट प्रतिनिधित्व गरेका सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले उक्त अवार्डहरु ग्रहण गरेका हुन् ।

नोभोटेल होटल, कलकत्ता, भारतमा आयोजना गरिएको उक्त कार्यक्रममा सीईओ खड्काले आफ्नो मन्तव्यमा नेपालमा बीमाको वर्तमान अवस्था र महत्वका, साथै बीमा क्षेत्रकै नियमनकारी निकाय बीमा समितिद्वारा निभाईएका अहम भूमिका र कदमहरुका बारेमा प्रस्ट्याएका थिए । नेपालमा डिजिटल टेक्नोलोजी र आर्टिफिसिल इन्टेलिजेन्सको बीमा क्षेत्रमा रहेको आवश्यक्ता र अवस्था बारेमा प्रस्ट पारेका थिए ।