२ अर्ब रुपैयाँले बढ्यो बैंकिङ्ग निक्षेप, कर्जा प्रवाह स्थिर


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकको असोज १२ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६५ खर्ब ५२ अर्ब निक्षेप संकलन भएको छ । असोज ११ गते ६५ खर्ब ५० अर्ब संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीकाे निक्षेपमा एकदिनमा २ अर्बको वृद्धि देखिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि २ अर्बकाे वृद्धि देखिएको छ । असोज ११ गते ५८ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १२ गते ५८ खर्ब २८ अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने स्थिर रहेको छ । असोज ११ गते ५२ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १२ गते पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, त्यसअवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाहमा पनि स्थिर रहेको छ । शुक्रबारसम्म ४६ खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शनिबार पनि सोही रकम बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५८ प्रतिशत कायम भएको देखाएको छ ।