आइएमई जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने मंगलवार अन्तिम दिन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको २ हजार २६१ कित्ता संस्थापक शेयर र ८८ हजार ९३४ कित्तासर्वसाधारण शेयर वैशाख  १२ गतेदेखि लिलामीमा ल्याएको थियो । इच्छुक आवेदकले मंगलवार बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको  मूल्य प्रतिकित्ता रू. १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  

साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यलयहरु,विर्तामोड झापा,हनुमानदास रोड विराटनगर मोरङ,जनकपुर धनुषा, आर्दशनगर वीरगञ्ज पर्सा, हेटौडा ,मकवानपुर, नारायणगढ,चितवन, न्यूरोड पोखरा कास्की, मिलनचोक बुटवल, बागलुङ बजार,  बागलुङ, त्रिभुवन  चोक नेपालगञ्ज  बाँके, विरेन्द्रनगर सुर्खेत, घोराही दाङ, धनगढी, कैलाली महेन्द्रनगर र कञ्चनपुरबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।