साना किसान विकास लघुवित्तले कर्मचारी माग्यो 


काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको छ ।  कम्पनीले सोमबार एक सूचना जारी गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी मागेको हो । 

कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्तर्गतका  लागि करार सेवामा रोजगारीको अवसर खुलाएको जनाएको छ । इच्छुक नेपाली नागरिकहरूले तोकिएको तथा सर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

राेजगारी सम्बन्धी थप विवरण कम्पनीकाे वेबसाइट www.skbbl.com.np लिन सकिने कम्पनीले जानकारी दिएकाे छ ।