स्वावलम्बन लघुवित्तको लाभांश घोषणा


काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । संस्थाको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोडबाट नगद लाभांश ०.७५ प्रतिशतले हुन आउने १ करोड ०८ लाख ७५ हजार र बोनश शेयर प्रतिशत १४.२५ प्रतिशतले हुने २० लाख ६६ हजार २ सय ५० कित्ता २० करोड ६६ लाख २५ हजार लाभांश प्रस्ताव गरेको हो ।

निम्न बमोजिमको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएकाे छ ।