सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन

सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बैशाख १६ गते, शुक्रबार, सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले यस दिन इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ७९ रुपैयाँ १७ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर सोमबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख २८ गते २५ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा लैनचौर बैङक्वेट लैनचौरमा बिहान १०ः३० बजेदेखि शुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी दई अर्बबाट वृद्धि गरि ५ अर्ब कायम गर्ने गर्दै चुक्ता पूँजी एक अर्ब ३३ करोड ३६ लाख रुपैयाँ कायम भएको विशेष प्रस्ताव पारित गर्नेछ ।