एशियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ लाख १४ हजार ४६५ कित्ता शेयर बिक्रीमा राखेको छ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तोकिएको अवधि भित्र संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।