एशियन लाइफ इन्स्योरेन्सको २५ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

एशियन लाइफ इन्स्योरेन्सको २५ लाख बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत


बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । 

कम्पनीले संस्थापकतर्फको यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व घटाएर ६० प्रतिशत कायम गरेको हो । 

१० प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटेसँगै अब कम्पनीमा संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव कम्पनीको २०७८ साल साउन ३१ गते सम्पन्न १२ औं वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रहेको छ ।