बैंकिङ्ग समाचार, काठमाडौं ।
बुधवार नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
प्रतिक्रिया