आज दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य गिरावट

आज दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि उल्लेख्य गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.०२ अंकले घटेर २ हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिद्धार्थ बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।